मंगलबार, साउन १२, २०८३

बलिउडका लागि २०१८ बिहे वर्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मुम्बई – सन् २०१८ आजबाट बिदा हुँदैन। भोली नयाँ उमंगका साथ २०१९ आउने छ। २०१८ लाई फर्किएर हेर्दा बलिउडमा थुप्रै घटना भए। यस वर्ष स्टारहरुको बिहेले पनि निकै तात्यो वलिउड। धेरै स्टार बैवाहिक बन्धनमा बाधिए। उनीहरुले दिने पार्टीहरुमा पनि निकै झुम्यो बलिउड। यस्तो छ यस वर्ष बैवाहिक बन्धनमा बाधिएका बलिउड स्टारहरुको जोडिः

दीपिका–रणवीर
बलिउडका चर्चित स्टार रणवीर सिंह र दीपिका पादुकोण यसवर्ष बैवहिक बन्धनमा बाँधिए। उनीहरुको बिहेले निकै तात्यो बलिउड। उनीहरुले इटालीमा बिहे गरेका हुन्।  बिबाह पश्चात यो जोडीले भारतका केही शहरमा भव्य पार्टीको आयोजना गरेसँगै उनीहरुको महंगो बिहेको चर्चाले बलिउड तात्यो।

करिब ५ बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका थिए। नोभेम्बर १४ र १५ तारिखमा यो जोडीले बिहे गरेको हो। एतिबेला यो जोडि हनिमुनमा बेस्त छ। 

प्रियंका– निक
चर्चित बलिउड नायिका प्रियंका चोपडा अमेरिकी गायक निक जोनसँग बैवाहिक बन्धनमा बाधिइन्। उनीहरुकोको बिहेले पनि यस वर्ष बलिउड तात्यो। आफू भन्दा कान्छा गायकसँग बिहे गरेकाले पनि उनीहरुको चर्चा चुलिएको हो। 

निक र प्रियंकाको प्रेम केही समय मिडियामा पनि राम्रै चर्चा पाएको थियो। तर, उनीहरु लामो समयसम्म प्रेममा रहेनन्। उनीहरुको भारतमा नै हिन्दु र क्रिस्चियन परम्परा अनुसार बिहे भएको थियो। 

नेहा–अंगद
भारतीय नायिका नेहा धुपिया पनि यस वर्ष बैवाहिक बन्धनमा बाधिइन्। उनले प्रेमी आगद बेदीसँग बिहे गरेकी हुन्। गुपचुपमा बिहे गरेकी नेहाले बिवाह पछि मात्र जानकारी दिएकी थिइन्। 

उनले गर्भवती रहेकाले पनि बिहे अगाडि सार्वजनिक नगरेके बताइएको छ। बिहे गरेको छ महिनामा नै उनले सन्तानलाई जन्म दिएकी थिइन्। पछि, अंगदले नेहा बिहे अगाडि नै गर्भवती रहेको खुलासा गरेका थिए।

सोनम–आनन्द
नायक अनिल कपुरकी छोरी एवम् भारतीय चर्चित नायिका सोनम कपुर पनि यो बर्ष बैवाहिक बन्धनमा बाधिएकी छन्। उनी प्रेमी आनन्द आहुजासँग परिणयसुत्रमा बाधिएकी हुन्। आनन्द व्यापार व्यवसायमा आवद्ध छन्। उनीहरुको बिहेले पनि भारतीय सञ्चार माध्यममा राम्रै स्थान पाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।