बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष

 |  बिहीबार, कात्तिक ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

म्याग्दी- पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। 

triton college

घुमघामका लागि अनुकुल शरदयाममा दसै, तिहार, छठलगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लबको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन्।

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुईसय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए। साउनमा पाँचसय १८, भदौमा तीन हजार ३२ र असोजमा नौ जना विदेशी सहित एक हजार छ सय ५४ जना पर्यटक आएका उनले बताए।

आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँचसय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सातसय रूपैयाँ राजस्व संकलन भएको थियो। २०७९/८० मा सात हजार छ सय ४५ जना पर्यटक आएका थिए।

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ। ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एकसय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँचसय र अन्य देशकाले तीन हजार रूपैयाँका दरले शुल्क तिर्नुपर्छ।

Metro Mart
vianet

दसैँ बिदाको अवसर पारेर फराकिलो फाट, बुकी, गाईभैँसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पक्षी, वनजंगलको दृष्य अवलोकन गर्न साथीहरुसँगै ढोरपाटन घुमेर आएको बेनी नगरपालिका-१० पात्लेखेतको दिपक माविका प्रधानाध्यक विष्णुप्रसाद ढुंगानाले बताए।

एक हजार तीनसय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षले पुर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ। ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ।

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए।

गतअसोज र यही कात्तिकको यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन्। 

सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कुल एक करोड ४५ लाख ९२ हजार चारसय रूपैयाँ राजस्व आम्दानी भएको छ। विदेशी सिकारी टोली आरक्षमा आइसकेका छन्।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ। यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पक्षीहरु छन्। रासस

प्रकाशित: Oct 24, 2024| 20:01 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्