वीरगंज- प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षको ४ महिनामा सवारी दुर्घटनामा परि १७९ जनाको मृत्यु भएको छ ।
प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले दिएको जानकारी अनुसार चालू आवको मङ्सिर समान्तसम्ममा ४८८ सवारी दुर्घटना भएका छन् । जसमा परि १२६ पुरुष, ३१ महिला,२२ बालबालिका गरी १७९ को मुत्यु भएको छ । दुर्घटनामा परि २४६ जना सख्त घाइते भएका छन् ।
यसैगरी अघिल्लो आव २०७४÷०७५ को असार मसान्तसम्ममा २८८ सवारी दुर्घटना भएकोमा ८३ को मुत्यु भएको थियो भने १७० सख्त घाइते भए भने १५१ सामान्य घाइते भएका थिए ।
प्रदेश नं २ मा जुन प्रकारले सडक सञ्जालको सङ्ख्या बढी रहेको छ त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्यूनीकरण गर्न विभिन्न प्रकारको चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक किरण बज्राचार्यको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४