मंगलबार, साउन १२, २०८३

कनिष्ट र विवादस्पद एसपीलाई बढुवा गर्न गृहबाटै चलखेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- गृह मन्त्रालयले प्रहरी नियमावलीमै संशोधन गरेर केही कनिष्ट र विवादास्पद प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा गर्न लागेको छ ।

प्रहरी नियमावलीमा श्रेणीगत बढुवाका लागि कुनै पनि पदमा कम्तीमा चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने प्रावधान छ । यस्तो प्रावधान सिपाहीदेखि एसपीसम्म लागू हुन्छ । 

गृहमन्त्री रामबहादुर थापाले केही कनिष्ट तथा विवादास्पद एसपीको बढुवा गर्नकै लागि उक्त नियमावली संशोधन गर्न सोमबार मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापालाई प्रलोभनमा पारी केही कनिष्ट तथा विवादास्पद एसपी   प्रहरी नियमावलीमै परिवर्तन गरेर बढुवा खाने लबिङमा छन् ।
 
नियामावलीको संशोधित प्रस्तावमा प्रहरीको बढुवा नियमावलीमा रहेको चारवर्षे प्रावधान हटाएर तीन वर्षमा झार्ने व्यवस्था गरिएको छ । नियमावली संशोधनको उक्त प्रस्ताव गृहमन्त्री थापाले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा पारित गर्ने गरी  पेस गर्न लागेको दाबी उच्च स्रोतले गरेको छ ।

बढुवासम्बन्धी तीनवर्षे नयाँ नियमावलीमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री थापा, गृह सचिव प्रेमकुमार राईबीच सहमति भइसकेको छ । आइजिपी सर्वेन्द्र खनाल चारवर्षे प्रावधान हटाउँदा कनिष्ट एसपीको चलखेल बढ्ने भएकाले उक्त प्रावधान हटाउने पक्षमा थिएनन् ।

उच्च तहमै नियमावली संशोधन गर्ने सहमति भएपछि खनाल त्यसको प्रतिवाद गर्ने अवस्थामा छैनन् । आइजिपी खनाल आगामी फागुनसम्म बढुवा खुलाउने पक्षमा थिएनन् । तर गृह मन्त्रालय र उपल्लो निकायबाट नियमावली संशोधन गर्ने तयारी भएपछि उनी निरीह बनेको उच्च स्रोतले जनाएको छ ।
 

गृहमन्त्री रामबहादुर थापाले केही कनिष्ट तथा विवादास्पद एसपीलाई बढुवा गर्नकै लागि प्रहरी नियमावली संशोधन गर्न सोमबार मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेका छन् ।


गृह मन्त्रालयले गत असोज २१ गते ११ जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको थियोे । जेठमा चारजना एसएसपीले अनिवार्य अवकाश पाएपछि अहिले १५ जना एसएसपीको पद रिक्त छ ।

नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीका अनुसार बढुवासम्बन्धी चारवर्षे नियमावलीका कारण लामो समय पद रिक्त हुँदा तल्ला तहमा कार्यरत प्रहरीसम्मको बढुवा रोकिने भएकाले नियमावली परिवर्तन गर्न लागिएको हो । 

नियमावली बाधक बनेको भन्दै प्रहरी प्रधान कार्यालयले एसएसपी बढुवाको सिफारिस गरेको थिएन । बढुवाको सूचीमा रहेका अधिकांश एसपीको चार वर्ष सेवा अवधि पुगेको छैन । बढुवामा चलखेल नभए वरिष्ठताका आधारमा श्याम जवाल, सन्दीप भण्डारी, गणेश रेग्मी, टेकप्रसाद राई, बुद्धि गुरुङ, उमेश जोशी, रामदत्त जोशी, नरेन्द्र उप्रेती, मीरा चौधरी, किरण बज्राचार्य, पोषराज पोखरेल, नवराज भट्ट, कुवेर कडायत, उमेश जोशी र रवीन्द्र रेग्मी एसएसपीमा बढुवा हुनेछन् ।

बढुवामा केही कनिष्ट एसपीले नेकपा उच्च नेता, गृहमन्त्री थापा र उनी निकटका व्यक्तिसँग हिमचिम बढाउन थालेपछि प्रहरी मुख्यालयसमेत हच्किएको छ । नियमावली संशोधन भएपछि तस्करीमा संलग्न, गुन्डा नाइकेसँग उठबस गर्दे आएका र शक्तिकेन्द्रको ढोका चहार्ने एसपीहरूलाई बढुवा हुन बाटो खोल्नेछ । 

नेपाल प्रहरीको सरुवाबढुवा प्रहरी प्रधान कार्यालयबाटै हुनुपर्ने हो । पछिल्लो समय सामान्य सरुवाबढुवा तथा प्रहरीसँग सम्बन्धित अन्य महत्त्वपूूर्ण काममा गृह मन्त्रालय र गृहमन्त्री नजिकका व्यक्तिको चलखेल बढेपछि प्रहरीको चेनअफ कमान्ड कमजोर बन्दै गएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।