मंगलबार, साउन १२, २०८३

ट्राफिक कारबाहीबाट साढे ६ करोड असुल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज- प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको ४ महिनामा साढे ६ करोड बढि राजस्व असुल गरेको छ। 

आर्थिक वर्ष २०७५/२०७६ को साउनदेखि मङ्सिरसम्ममा ट्राफिक कारबाहीबाट मात्रै ६ करोड ७१ लाख ५१ हजार ५०० रकम उठेको ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । 

जसमध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी रु दुई करोड २२ लाख ६८ हजार राजश्व असुल गरेको छ । उक्त शीर्षकमा राजश्व असुली भएको अन्य प्रदेशभन्दा प्रदेश नं २ अगाडि रहेको सो कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए । 

प्रदेश नं २ मा बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप तथा सडक सञ्जालको अवस्था चुनौती पूर्ण रहे पनि प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।