शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बोहोराटारमा पौडेल समूहको भेला, महाधिवेशनदेखि मन्त्री छनोटसम्मका एजेन्डा

बोहोराटारमा पौडेल समूहको भेला, महाधिवेशनदेखि मन्त्री छनोटसम्मका एजेन्डा

केन्द्रीय समिति बैठक सकिएको भोलिपल्ट आज सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको भेला बोलाएका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– केन्द्रीय समिति बैठक सकिएको भोलिपल्ट आज सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गुटको भेला बोलाएका छन्। 

पौडेल निवास बोहोराटारमा डाकिएको भेलामा महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, शेखर कोइराला लगायत नेता पनि सहभागी छन्। 

केन्द्रीय समिति बैठकले चौधौं महाधिवेशनको कार्यतालिका पारित गरेपछि रणनीति तय गर्न पौडेल समूहको बैठक डाकिएको हो। बैठकमा मन्त्री छनोटबारे पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। 

भदौमा तय भएको कांग्रेस महाधिवेशन मंसिरका लागि सरेको छ। पौडेल समूह तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा भए पनि केन्द्रीय समितिले मंसिरमा सारेको छ।

यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो। केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय कांग्रेसले गरेको छ।

प्रकाशित: Aug 15, 2021| 15:43 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...