सोमबार, साउन ११, २०८३

प्रदेश रंगशालाको मागबाट पछि हट्यो राजपा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज- राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रादेशिक रंगशालाबारेको आन्दोलनमा समर्थन नरहेको दाबी गर्दै पूर्वघोषित आन्दोलनबाट पछि सरेको छ।

राजपा पर्साले प्रदेश सरकारले प्रादेशिक रंगशाला जनकपुरमा निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पुस ७ गते आयोजित सार्वजनिक कार्यक्रममा प्रदेश सरकारको निर्णय विरुद्ध पुस १६ गते विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो ।

राजपा , नेपाली काँग्रेस , नेकपा र संघीय समाजवादी फोरम  नेपालको संयुक्त बैठकले नारायणी रंगशालालाई प्रादेशिक रंगशालाका रुपमा स्तरोन्नत्ती गर्न माग गर्दै प्रदेश सरकारलाई दबाब दिन पुस १६ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय नै गरेको थियो।

सर्वदलीय बैठकले नारायणी रंगशालामा मानव साङलो प्रदर्शन गर्ने,सर्वदलीय टोलीले प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएर दबाब दिने लगायतका पाँच बुँदे निर्णय गरेको थियो। निर्णय पुस्तिकामा राजपाका जिल्ला संयोजक जगदिश पटेलसहित अन्य दलका नेताहरुले पनि हस्ताक्षर गरेका थिए। 

पुस १६ गते सोमबार नारायणी रंगशालामा मानव साङलो प्रदर्शनीको लागी तयारी भइरहेको बेला पूर्व सन्ध्यामा आइतबार राजपा पर्साले  विज्ञप्ति जारी गर्दै आन्दोलनमा आफनो दलको समर्थन नरहने जानकारी दिएको हो ।

राजपा जिल्ला संयोजक पटेल, जिल्ला अध्यक्ष मण्डलका सदस्यहरू रमेश पटेल, वीरेन्द्र यादव र कृष्णा पटेलले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा केही दलले प्रदेश सरकारको विरोधमा अनावश्यक कार्यक्रम गर्न लागेकाले उक्त प्रदर्शन् र आन्दोलनमा आफनो दलको सहभागीता नरहने उल्लेख छ।

राजपाका महासचिव राजेशमान सिंहले भने वीरगन्जको साझा मुद्दाका लागी हुने कार्यक्रममा राजपा सहभागी हुने प्रतिकृया दिए । उनले भने,'नारायणी रंगशाला वीरगन्जको धरोहर भएकाले यसलाई प्रादेशिक रंगशाला बनाउन दबाबका लागी हुने आन्दोलन कुनै दल विशेषको नभई सम्पूर्ण वीरगन्जवासीको आन्दोलन हो।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।