सोमबार, साउन ११, २०८३

प्रदेश प्रहरी ऐन प्रमाणिकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश प्रहरी भर्नासम्बन्धी विधेयक प्रमाणिकरण गरेका छन् । २७ असोजमा प्रदेशसभाबाट बहुमतले पारित भएको प्रदेश प्रहरी विधेयक प्रदेश प्रमुख कायस्थले आइतबार प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै प्रदेश सरकारलाई प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । संघीय सरकारले प्रहरी ल्यानुपूर्व प्रदेश २ मा प्रहरी भर्नाको बाटो खुलेको हो ।

प्रदेशसभामा प्रहरी भर्नासम्बन्धी विधेयक पारित गर्ने क्रममा नेकपा विरोधमा उतरेको थियो भने कांग्रेसले समर्थन जनाएको थियो । प्रदेश २ सरकारले प्रहरी ऐन पारित गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय सरकारलाई ‘ओभरटेक’ नगर्न मुख्यमन्त्री लालबाबु राउतलाई चेतावनीसमेत दिएका थिए ।

प्रदेश प्रहरी सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिता परीक्षाद्धारा पुर्ति हुने पद मध्ये ४५ प्रतिशत पद छुट्याई त्यसलाई शतप्रतिशत मानी आरक्षणको व्यवस्था  ऐनले गरेको छ ।

यसैगरी ऐनमा मधेशी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, थारु ५.२७, आदिवासी जनजाति ६.६१ र खस आर्यलाई ४.८९ प्रतिशत प्रहरी भर्ना गरिने उल्लेख छ ।

१४ परिच्छेद, १०२ दफा र दुई अनुसूची रहेको प्रदेश प्रहरी ऐनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुनले निर्धारण गरे अनुसार हुने उल्लेख गरिएको छ ।

यसैगरी दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको सांगठनीक संरचना र प्रहरी कर्मचारीहरुको संख्या नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले तोक्ने भनिएको छ ।

ऐनले प्रदेश प्रहरीको प्रमुखको रुपमा राजपत्राकिंत विशिष्ठ श्रेणीका प्रहारी निरीक्षक रहने व्यवस्था गरेको छ । साथै प्रदेश लोकसेवा गठन नभएसम्म प्रदेश लोकसेवा आयोगले गर्ने भनी तोकिएका काम, कर्तव्य लोकसेवा आयोगले गर्ने दफा १०० मा जनाइएको छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।