सोमबार, साउन ११, २०८३

मेलमिलाप दिवस मनाउन कांग्रेसले खटायो प्रतिनिधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाली कांग्रेसले ४३ औं मेलमिलाप दिवस मनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ । 

दिवस मनाउन सभापति शेरबहादुर देउवा काठमाडौंमा खटिनेछन् भने बरिष्ठ नेता रामचन्द्र पौडेललाई गोरखा पठाउने निर्णय भएको छ । 

त्यस्तै उपसभपाति विमलेन्द्र निधिलाई सिरहा, महामन्त्री पूर्णबहादुर खड्कालाई कास्की, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंहलाई पर्सा र कृष्णप्रसाद सिटौलालाई झापामा पठाउने निर्णय भएको छ । सहमहामन्त्री प्रकाशशरण महतलाई मोरङ जानेछन् भने, यूवा नेता गगन थापालाई जुम्ला र नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द (गोरख) विष्टलाई बझाङमा खटाइएको छ ।

उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइरालालाई भने परिचालन गरिएको छैन ।

नेपाली कांग्रेसले आगामी पुस १६ गतेको दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउन ७७ जिल्लामा भव्य रुपमा मनाउने तयारी गरेको छ । 

२०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य नेताहरु आठ वर्ष लामो भारतको निर्वासनपछि मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनको सम्झनामा कांग्रेसले देशव्यापी रुपमा यो दिवस मनाउँने गरेको छ । 

कांग्रेसको हालै सम्पन्न महासमिति बैठकको निर्णय बमोजिम ४३ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई भव्य बनाउन केन्द्रीय जिम्मेवारीका नेताहरुलाई जिल्ला दौडाहाको कार्यभार दिइएको हो । 

दिवसको अवसरमा आमसभा, गोष्ठी, र्‍याली, कोणसभा लगायतका कार्यक्रम सञ्चालन गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

दिवस मनाउन कुन नेता कहाँ परिचालन भए 
ताप्लेजुङ सुजाता परियार
पाँचथर डा. डिला संग्रौला
इलाम महेन्द्र यादव
झापा कृष्णप्रसाद सिटौला
संखुवासभा मानबहादुर विश्वकर्मा
तेह्रथुम भीष्मराज आङ्दम्वे
भोजपुर अमृत अर्याल
धनकुटा सरिता प्रसाई
मोरङ डा. प्रकाशशरण महत
सुनसरी महेश आचार्य
सोलुखुम्बु कल्याणकुमार गुरुङ
खोटाङ केशवकुमार बुढाथोकी
ओखलढुंगा बलबहादुर के.सी.
उदयपुर आनन्दप्रसाद ढुंगाना
सप्तरी डा. मिनेन्द्र रिजाल
सिरहा विमलेन्द्र निधि
दोलखा किशोरसिंह राठौर
रामेछाप किरण यादव
सिन्धुली पुष्पा भुसाल
धनुषा धनराज गुरुङ
महोत्तरी सीतादेवी यादव
सर्लाही डा. शेखर कोइराला
रसुवा शिवप्रसाद हुमागाँई
धादिङ डा. रामशरण महत
नुवाकोट रमेश रिजाल
काठमाडौं शेरबहादुर देउवा
भक्तपुर संयोजनध्यानगोविन्द रञ्जित
ललितपुर ईश्वरी न्यौपाने
काभ्रे उमाकान्त चौधरी
सिन्धुपाल्चोक अर्जुननरसिंह के.सी.
मकवानपुर अम्बिका बस्नेत
रौतहट गुरूराज घिमिरे
बारा फर्मूल्लाह मंसुर
पर्सा महालक्ष्मी उपाध्याय डिना
चितवन प्रकाशमान सिंह
गोरखा ज्ञानेन्द्रबहादुर कार्की
मनाङ रामचन्द्र पौडेल
लम्जुङ सिता गुरुङ
कास्की शंकर भण्डारी
तनहुँ पूर्णबहादुर खड्का
स्याङजा कमला पन्त
गुल्मी अर्जुनप्रसाद जोशी
पाल्पा रामकृष्ण यादव
अर्घाखाँची डा. नारायण खड्का
नवलपुर देवेन्द्रराज कँडेल
नवलपरासी सुरेन्द्रराज पाण्डे
रुपन्देही दिलबहादुर घर्ती
कपिलवस्तु गोपालमान श्रेष्ठ
मुस्ताङ बालकृष्ण खाँण
म्याग्दी चित्रलेखा यादव
बाग्लुङ जीवन परियार
पर्वत हरिप्रसाद नेपाल
रूकुम (पूर्व) दिपक गिरी
रूकुम (पश्चिम) बालकृष्ण पाण्डे
रोल्पा शिला शर्मा खड्का
प्यूठान बीरबहादुर बलायर
सल्यान रत्न शेरचन
दाङ पार्वता डी.सी. चौधरी
डोल्पा मोहनबहादुर बस्नेत
मुगु जीवनबहादुर शाही
जुम्ला हसन अन्सारी
कालिकोट गगनकुमार थापा
हुम्ला लक्ष्मी परियार
जाजरकोट बहादुर सिंह (लामा) तामाङ
दैलेख प्रदीप पौडेल
सुर्खेत गोविन्द भट्टराई
बाँके श्यामकुमार घिमिरे
वर्दिया मीन विश्वकर्मा
बाजुरा डा. चन्द्र भण्डारी
अछाम दिलेन्द्रप्रसाद बडू
बझाङ हृदयराम थानी
डोटी आनन्द (गोरख) विष्ट
कैलाली नविन्द्रराज जोशी
दार्चुला रमेश लेखक
बैतडी बद्रीप्रसाद पाण्डे
डडेल्धुरा अतहर कमाल मुसलमान
कञ्चनपुर एन.पी. साउँद
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।