सोमबार, साउन ११, २०८३

पूर्णिमा साहित्य रत्न- २०७४ पाण्डेलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कोहलपुर – हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको पूर्णिमा साहित्य रत्न–२०७४ यस वर्ष बरिष्ठ आख्यानकार नयन राज पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ। 

२०६९ सालमा स्थापित दुई लाख अक्षय कोषको उक्त पुरस्कारबाट प्रतिष्ठानले हरेक वर्ष ११ हजार एक रुपैयाँ सहित नेपाली कला, साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउने एक जनालाई सम्मान गर्दै आएको छ। पाण्डेका उलार, लु, घामकिरी, सल्लीपिर, चक्लेट जस्ता चर्चित साहित्यिक कृतिहरु प्रकाशित भएका छन्।

यस पुरस्कारबाट हालसम्म वरिष्ट गायक तथा गीतकार प्रेमप्रकाश मल्ल, वरिष्ट कथाकार सनत रेग्मी, वरिष्ट कवि तथा गीतकार दिनेश अधिकारी एवम् वरिष्ट कथाकार महेश बिक्रम शाह सम्मानित भइसकेका छन्।

पुस २८ गते साहित्यिक समारोहकाबीच पाण्डेयलाई सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले बताए। आख्यानकार एल बि क्षेत्रीको आख्यान ‘कप्तान १९९८’ को गृह विमोचन गरिने अध्यक्ष ढकालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।