सोमबार, साउन ११, २०८३

सल्यानमा बस दुर्घटना, पाँच घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिका–५ नाथेखोला आइतबार बस दुर्घटना भएको छ । दुर्घटनामा परी पाँचजना यात्रु घाइते भएको इकाका प्रहरी कार्यालयका सल्लीबजारका इञ्जार्च सुशील रावलले जानकारी दिए । 

प्रहरीका अनुसार घाइते हुनेहरुमा रुकुम चौहरजारी नगरपालिका–१ का प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ की प्रमिला पुन, सोही ठाउँकी मिना मल्ल, कुमाख गाउँपालिका –५ का दिलमाया रोकाय, वनगाड कुपिण्डे ५ कै रीता नकाल छन्। 

घाइतेलाई उपचारका लागि सल्लीबजारको जनबन्धु पोलिक्लिनिकमा उपचार भैरहेको छ । नेपालगञ्जदेखि रुकुम चौहरजारीतर्फ जाँदै गरेको ना ४ ख ७१४६ नम्बरको बस करिव ४० जना यात्रु थिए । अन्य यात्रु भने सकुशल छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।