सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकुल बाँस्कोटाको निर्लज्जता : मन्त्री हुँदा पनि छाडेनन् सदस्यता 

गोकुल बाँस्कोटाको निर्लज्जता : मन्त्री हुँदा पनि छाडेनन् सदस्यता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा छुद्र मुख भएका गोकुल बाँस्कोटालाई सञ्चारमन्त्री र प्रवक्ताको जिम्मेवारी दिएपछि उनको घमण्ड चुलिएको छ। बाँस्कोटाका कारण सरकार अलोकप्रिय बन्दै गएको छ। 

बाँस्कोेटा प्रवक्ता भएपछि मन्त्रिपरिषद्का निर्णय पञ्चायती शैलीमा लुकाउने गरिएको छ। झारा टार्नका लागि आधा गोप्य राखेर मन्त्री बाँस्कोटाले हरेक बिहीबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएका छन् । उनले आयोजना गरेको पत्रकार सम्मेलन अर्तीउपदेश दिने समारोहजस्तो देखिने गरेको छ। उनले हरेक बिहीबार पत्रकारलाई हेडलाइन राख्न उपदेश दिँदै आएका छन् । 

बाँस्कोटाले २०५६ सालमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका थिए। त्यसपछि उनले दुई पटक तत्कालीन एमालेबाट संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा चुनाव लडिसकेका छन् । पछिल्लोपल्ट त उनी चुनाव जितेर सांसद र सूचना तथा सञ्चारमन्त्री भएका छन् । नेकपा एमाले काभ्रेको दुई कार्यकाल अध्यक्ष भएका उनले नेपाल पत्रकार महासंघ काठमाडौं सदस्यता भने छाडेका छैनन् । 

महासंघको सदस्यता प्राप्त गर्दा उनी दृष्टि साप्ताहिकमा कार्यरत थिए। त्यो त स्वभाविकै हो । तर सूचना तथा सञ्चारमन्त्री भइसक्दा पनि सदस्यताबाट राजीनामा नदिएर यिनले कुन नैतिकता प्रर्दशन गरेका हुन् ? नेपाल पत्रकार महासंघ काठमाडौ जिल्लाका १३ सय ७२ सदस्यमध्ये बाँस्कोटाको नाम दोस्रो नम्बरमा छ। ठूलाठूला आदर्शका कुरा गर्ने बाँस्कोटालाई मन्त्री भएपछि पनि सदस्यता प्यारो लाग्दा अरूलाई निष्पक्ष र स्वच्छ पत्रकारिताको उपदेश दिन कुन नैतिकताले दिन्छ? 

बाँस्कोटाको सदस्यता खारेज गरेर नेपाल पत्रकार महसंघमा शुद्धीकरण सुरु गर्न माग भएको छ। नेपाल पत्रकार महासंघ काठमाडौंको आइतबारको साधारणसभामा बोल्दै सदस्यहरुले यस्तो माग गरेका हुन् ।  सभामा नेपाल प्रेस युनियन काठमाडौंका अध्यक्ष नहकुल अर्यालले नेपाल पत्रकार महसंघ केन्द्रीय समितिले अब  महासंघका सबै निकायको निर्वाचन प्रत्यक्ष प्रणालीबाट गर्ने निर्णय गरेर पार्टी सदस्यता शुद्धीकरणमा सहयोग पुर्‍याएको बताए। 

उनले भने, ‘काठमाडौं शाखाको सदस्यता रहेको पहिलो पानामा सूचना तथा सञ्चार प्रविधिमन्त्रीको नाम छ अब त्यो नाम पहिला हटाएर शुद्धीकरण अभियान सुरु गरौं ।’ उनले कुनै पनि पार्टीमा सदस्य भएकाहरुलाई हटाएर शुद्धीकरण अभियान सुरु गर्ने बताए। अर्यालले प्रत्यक्ष निर्वाचन गर्ने निर्णयले महासंघमा ठेकेदारी प्रथा अन्त हुने विश्वास व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।