मंगलबार, साउन १२, २०८३

लुटपाटमा संलग्न तीनजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं जडिबुटीबाट हतियारसहित तीन जना पक्राउ परेका छन्। जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाटमा संलग्न धादिङ गल्छी घर भई कलंकी डेरा गरी बस्ने केदारप्रसाद अधिकारी, धादिङ गल्छीकै अर्जुनप्रसाद अधिकारी र काभ्रे भुम्लु ८ भई चाबहिल बस्ने अञ्जन उप्रेतीलाई प्रहरी निरीक्षक एलिजा गिरी निरीक्षकको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो।

केदारप्रसाद नेपाल प्रहरीमा दुई वर्ष र सेनामा तीन वर्ष काम गरेर जागिर छाडेका व्यक्ति हुन्। यस्तै उप्रेती ‘गुन्डा नाइके’ कुमार घैंटेको समूहका पूर्व सदस्य हुन् भने अर्जुनप्रसाद यसअघि नै दुई पटक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परिसकेका थिए। उनीहरूको साथबाट एउटा चाइनिज पेस्तोल गोली, त्यसमा लाग्ने गोली र खुकुरी बरामद गरिएको छ। यस्तै नक्कली गहनासहित यस्तै पेप्सीकोलाबाट राजु परियार पक्राउ परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।