शुक्रबार, जेठ १, २०८३

समुद्री किनारामा देखिएको कियाराको ‘हट पोज’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – द अनटोल्ड स्टोरी र मसिन जस्ता फिल्ममा अभिनय गरेकी बलिउड अभिनेत्री कियारा आडवाणीको समुद्री किनारामा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी बलिउडमा स्थापित हुन अझै संघर्षरत छिन्। पछिल्लोपटक कियाराले आफ्नो तस्बिर इन्स्ट्राग्राममा राखेकी छन्।

कालो पहिरनमा रहेकी कियाराको तस्बिरलाई थुप्रैले मन पराएका छन्। उक्त तस्बिरकै कारण कियाराले विभिन्न प्रतिकृया पनि पाइरहेकी छन्।

कियाराको यस तस्बिरमा चौबिस घन्टामा ६ लाखभन्दा धेरैले लाइक गरेका छन्। उनको तस्बिरमा एकजनाले कमेन्ट लेखेका छन्, ‘कियारा तिमी समुद्री किनारमा यो पोसाकमा निकै हट देखिएकी छ्यौ।’

२६ वर्षीया कियारा यतिबेला साहिद कपुरको फिल्म ‘कबिर सिंह’ मा व्यस्त छिन्। यसपछि उनले ‘गुड न्युज’ फिल्ममा अभिनय गर्नेछिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्