मंगलबार, साउन १२, २०८३

आजका अखबार : मेयर जेलबाट छुट्दा सार्वजनिक बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर र अन्नपूर्ण पोस्ट्ले मेयर जेलबाट छुटेको खुसियालीमा नगरभरी विदा दिएको विषयलाई प्रमुखताका साथ छापेका छन् । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा जेलबाट रिहा भएको खुसियालीमा आइतबार सार्वजनिक विदाको घोषणा गरिएको  छ। 

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी शुक्रबार रिहा भएका थिए । कुशवाहा शनिबार हेलिकप्टरमार्फत दलबलसहित कटहरिया पुगेका थिए । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको पत्रपत्रिकाले लेखेका छन् ।  

झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया आएका हुन् । विश्व हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको वीरगन्जमा भएको हत्या मुद्दामा कुशवाहा जेल परेका हुन् । 

यो विषयसँगै अन्नपूर्णले इन्धनमा जल्छ पैसा शीर्षकमा प्रमुख खबर लेखेको छ । उसले स्थानीय तहमा मौलाएको बेथितिको नमुना पेश गर्दै उनीहरुले इन्धन र गाडीका नाममा करोडौँ पैसा उडाएको उल्लेख गरेको छ। समाचारमा जनाइएअनुसार आठ स्थानीय तहले गाडी, इन्धन र मर्मतमा खर्चेको रकम एउटा स्थानीय तहको पुरै बजेट बराबर रहेको छ । 

यस्तै कान्तिपुरले भारतबाट उड्न नेपालीलाई झमेला शीर्षकमा मुख्य समाचार छापेको छ । भारतका विमानस्थलबाट तेस्रो देश उड्दा काठमाडौंबाट भन्दा निकै सस्तो पर्छ । तर, एनओसीको झन्झटकै कारण अन्तिम समयमा थुप्रै नेपाली उड्नबाट  बञ्चित भएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले चिनियाँ भनिएका बिजुली बस भारतको भएको खुलासा पनि गरेको छ । 

आजको नागरिक दैनिकले भने प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल विवादास्पद बनेको विषयलाई मुख्य समाचार बनाएको छ ।

उनको कार्यकालमा केहि विवादास्पद मुद्दामा अन्तरिम आदेश र फैसला भएका छन् भने केहि ब्यक्तिलाई जेलमुक्त गरिएको समाचारमा उल्लेख छ । उनले केहि ठूला भ्रष्चाराका मुद्दामा सफाई दिएको र फैसला उल्टाउने काम गरेको नागरिकले लेखेको छ । 

आजको नयाँ पत्रिकामले सशस्त्र प्रहरीमा गाडीको अपचलन बढेको विषयलाई मुख्य समाचार बनाएको छ ।

सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी शीर्षकमा मुख्य समाचार छापेको उसले अनुसन्धान प्रमुखका श्रीमति र छोरीलाई पनि गाडी दिइएको खबर लेखेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।