मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता बिष्टले डोटीका दुई गाँउपालिकालाई दिए एम्बुलेन्स

कांग्रेस नेता बिष्टले डोटीका दुई गाँउपालिकालाई दिए एम्बुलेन्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

डोटी- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जन सम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्टले डोटीका दुई गाँउपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छन् । बिष्टले जोरायल तथा बडीकेदार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएका हुन् । 

बिष्टसँगै डोटी जिल्ला पार्टी सभापति प्रदिप देउवा तथा जिल्ला नेताहरु लगायतको उपस्थितीमा शुक्रबार जोरायल गाउँपालिका र शनिबार बडीकेदार गाउँपालिकाकै कार्यालयमा पुगेर एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेका थिए । 

एम्बुलेन्स नभएकाकारण स्थानीयवासीहरु छिटो स्वास्थ्य सेवाबाट बन्चित भएको भन्दै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय बिष्टले दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेको बताए ।

‘एम्बुलेन्स नहुँदा नागरिकलाई समस्या भयो भन्ने जानकारी पाए । सेहि जानकारी पछि मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको हुँ ।’ 

बिष्टले भने, ‘अब यि दुई गाँउपालिकाका बिरामी नागरिकले छिटो अस्पतालसम्म पुगेर पाउने स्वास्थ्य सेवाबाट बन्चित नहुने आश गरेको छु ।’ बिष्टले दुईवटा गाउँपालिकालाई २२ लाख रुपैँया पर्ने दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।