सोमबार, साउन ११, २०८३

नेपाल समयकर्मी केसी पुरस्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा–नेपाल समयकर्मी नरेश केसी पुरस्कृत भएका छन् । उनलाई शनिबार नीजि तथा आवसीय विद्यालय अर्गानाईजेशन नेपालले आयोजना गरेको कार्यक्रममा ‘प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । नेपाल समयको प्रदेश पाँच संयोजक रहेका केसीसँगै मेचीकाली दैनिकका सम्पादक अमृत गिरीलाई पुरस्कृत गरिएको छ । 

गुणस्तरीय शिक्षाका लागि गरिएको खबरदारी र शिक्षाको वृद्धिविकासका लागि चाल्नुपर्ने कदमसहितका खबरदारी समाचार संप्रेषण गरेको भन्दै प्याब्सन रुपन्देहीले पत्रकारद्वयलाई नगद पाँच हजारसहित कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा प्राध्यापक डाक्टर रामचन्द्र आचार्य, मोहन चापागाई, कुलानन्द ज्ञवाली, दामोदर भुसाललगातलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच रुपन्देही प्याब्सनको १४ औ अधिवेशन तथा १६ औं साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले लेखनाथ पौडेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा अनन्तराम शर्मा, उपाध्यक्षत्रयमा क्रमशः एकनारयण काफ्ले, रामदेव यादव र कमल प्रसाद रेग्मी चयन भएका छन् । 

त्यसैगरी सचिवमा लक्ष्मण ज्ञवाली, कोषाध्यक्षमा दिपक खनाल र सहसचिवत्रयमा कपिलमनि ढकाल, केएन सागर ज्ञवाली, तोलाकान्त डुम्रे चयन भएका छन् । समितिको सहकोषाध्यक्षमा लिलाधर गौतम चयन भएका छन् ।

साधरणसभाको उद्घाटनमा पुगेका प्रदेश नम्बर पाँचका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले मुलुकको शैक्षिक विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।