बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहक र परिवारलाई बुद्ध एयरको टिकट खरिदमा छुट

 |  मंगलबार, असोज १५, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

vianetvianet

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन्। उक्त छुटसम्बन्धी समझदारीमा बैंकका नायब महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन्।

Kumaribank

समझदारीअनुसार बैंकको डेबिट, क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ्ग एप्लीकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन्।

बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यहरूले बुद्ध एयरको काउण्टरबाट यो छुट लिन सक्ने बैंकले जनाएको छ। साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरूले ८ प्रतिशतको छुट पाउनेछन्।

ग्लोबल आईएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो। साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

Metro Mart

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

 

प्रकाशित: Oct 01, 2024| 14:23 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्