सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौंका १५ स्थानमा सिप्रदियन सहायताको यात्रु सहायता कक्ष

काठमाडौंका १५ स्थानमा सिप्रदियन सहायताको यात्रु सहायता कक्ष

 |  मंगलबार, असोज १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

काठमाडौं- सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेका छन्।

National life

काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाले यात्रुको हितलाई ध्यानमा राख्दै सहायता कक्षको व्यवस्था गरेका हुन्।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, गौशाला, चापागाउँ, हल्चोक, चावहिल, जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको हो।

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएकाले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महंगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागु हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

Shivam cement

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सुसूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरीङ गर्ने पनि बताइएको छ।

 

प्रकाशित: Oct 01, 2024| 14:21 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्