सोमबार, साउन ११, २०८३

भक्कानिँदै रविले लेखे, मेरो जीवनको खुसी खोस्यौ दैव!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सुदूरवस्तिको एक गरिब घर। जुन घरमा बिहान वेलुकाको छाक टार्न पनि धौं–धौं हुन्थ्यो। घरमा बल्दैनथ्यो बिजुली। अध्यारोमै बिताउनु पर्थ्यो निसपट रात। त्यो परिवारका लागि आकासको जुनको उज्यालो सस्तो र बिजुली महंगो थियो। १५ दिनको प्रतिक्षा पछि बरु जूनले घरमा छरिदिन्थ्यो उजेली। तर, आर्थिक अवस्था कमजोर भएकाले घरमा विजुली जोड्न नसकेको त्यो परिवार ।

त्यही परिवारमा बिजुली नै बनिदियो बज्रपात। यति बेला त्यो बज्रपातको पीडा भोगिरहेको छ दोस्रो नेपाल आइडल बिजेता रवि वडको परिवार। नेपाल आइडल बनेको केही दिनमै उनकी आमाको मृत्यु भयो। घर पुगेर आमालाई खुशी सुनाउन नपाउँदै आमा गुमाए रविले।

बुधबार बेलुका प्रदेश सरकारबाट सम्मान थापेर आमाको पोल्टोभरी खुशी सुम्पिने योजनामा थिए रवि। त्यही बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर सदासदाका लागि उड्यो उनकी आमा बिश्नाको प्राण पखेरो। उनी आफ्नो घरको नलमा पानी नआएपछि पानी भर्न जेठाजुको घरमा गएकी थिइन्। त्यहाँ मोटर चलाएर पानी तान्ने क्रममा बिश्नाको मृत्यु भएको हो। 

आमाको प्राण उडेसँगै अधुरै रह्यो रविको आमालाई खुशी सुम्पिने सपना। अझै अधुरो रह्यो पक्कि घर बनाएर सुखका साथ आमालाई खुशी दिने चाहना।

रविकी जन्मदिने आमाको पाँच वर्षकै उमेरमा निधन भएको थियो। बिश्ना रविकी कर्मदिने आमा हुन्। रविकी आमाको मृत्यु भइसकेपछि उनका बुवाले बिश्नालाई भित्र्याएका थिए। बिश्नाले आफ्ना बच्चा भएपछि माया बाडिन्छ भनेर आफ्ना सन्तान नजन्माई रविका भाइ बहिनिहरुलाई हुर्काएर त्यसै भित्र खुशी खोज्दै जीवन विताइरहेकी थिइन्। रविका बुवा पनि छोराहरुको खुशीका लागि भारतमा काम गर्छन्।

यसरी दुःख सुख गरेर अभावको जातोमा पिसिदै हुर्काएका सन्तानले सुख दिने बेला बिश्नाको मानव चोला समाप्त भएको छ। आखिर दैव पनि कति निस्टुर हुँदो रहेछ। खुशी दिनुपर्ने बेला प्राण नै लगेर गयो। 

रविले पनि आमा बुवालाई सुख दिन पक्की घर बनाउन इट्टा बोकाउन सुरु गरिसकेका थिए। उनले नेपाल आइडलमा जितेको कार नलिएर पैसा लिने निर्णय गर्दै पारिवारिक स्थिति सुधार्ने योजना बनाएका थिए। तर त्यही बेला उनको खुशीमा बज्रपात भएको छ।

आमाको निधन पछि रवि यतिवेला निकै दुखी बनेका छन्। उनले दुखी भन्दै आफ्नो फेसबुक पेजमा यस्तो कविता सेयर गरेका छन्ः–

अलि कति के हास्न थाले थे 
राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले
मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ !!
अब त्यो खुसी कसरी फिर्ता लेराउछु होला र
मेरो सानो झुपडी मा अब आमाको छिनछिन 
चुराको आवाज बज्दैन !!

म भोकाएर आउछु होला भनेर आमाले 
जस्तै अगेना छेउमामलाइ कुरेर कोही बस्दैन !!
मैले जीवनमा धेरै सपना सजाएको थिए 
त्यसलाई पाउन आमा तिम्रो साथ
अनि आशीर्वादले केही पाएको थिए
तर आज तिमीलाइ भन्न नपाई पापी
दैबले हाम्रो घरमा आँखा लगयो
आमाको मुहारको खुसी नियालेर हेर्न नपाइ
तिमीलाइ हामीबाट यसरी खोजेर लगे 
तिमी फेरि फर्किएर आउदैनौ !!

आमा हजुर जस्तै जीवनमा 
निस्वार्थ प्रेम गर्ने ब्यक्ती
मेरो जीवनमा कोही आउदैन
यसरी छोडी गयौं आमा हजुर ले म मेरा 
दुख अनि वेदना कसलाई भनु अब त हाम्रो 
घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन !!

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।