मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलालीका चार पालिकामा 'माछा जोन' कार्यक्रम

 |  सोमबार, असोज १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

कैलाली- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको हो।

triton college

जिल्लास्थित परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ।

चालु आर्थिक वर्षमा पाँच सय हेक्टर क्षेत्रफलमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिने उनले बताए। उनले भने, 'यस कार्यक्रममा प्राकृतिक ताल, पोखरीलाई प्राथमिकता दिइएको छ, नयाँ पोखरी १० हेक्टर क्षेत्रफलमा मात्रै बनाउने योजना छ, ४ सय ९० हेक्टर क्षेत्रफल प्राकृतिक पोखरीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिनेछ।'

कार्यक्रमको प्राथमिकतामा प्राकृतिक पोखरी, ताल रहेकाले बढी प्राकृतिक ताल, पोखरी भएका पालिकालाई ‘माछा जोन’का लागि छनोट गरिएको उनले जानकारी दिए। 'कार्यक्रमको प्रक्रिया सुरु भइसकेको छ', उनले भने, 'माछा जोन कार्यक्रमका लागि करिब एकसय किसानले आवेदन दिएका छन्। 'कार्यक्रमअन्तर्गत माछापालनका लागि नयाँ पोखरी निर्माण, पुराना प्राकृतिक ताल, पोखरी मर्मतलगायत कार्य गरिने उनको भनाइ छ।

कार्यक्रममा किसानलाई माछापालनमा आवश्यक पर्ने कृषियन्त्र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने उनले बताए। एकाइ प्रमुख जोशीका अनुसार चालु आर्थिक वर्षमा ‘माछा जोन’ कार्यक्रमका लागि एक करोड नौ लाख रूपैयाँ बजेट रहेको छ।

Metro Mart
vianet

कार्यक्रमको उद्देश्य माछाको उत्पादकत्व बढाउने रहेको जनाउँदै उनले माछापालक किसानलाई विभिन्न तालिमसमेत उपलब्ध गराइने बताए। परियोजनाअन्तर्गत जिल्लाका विभिन्न पालिकामा ‘गहुँ सुपरजोन’ आर्थिक वर्ष २०७३/७४, ‘तेलहन जोन’ आर्थिक वर्ष २०७४/७५ र ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालनमा छन्। रासस

प्रकाशित: Sep 30, 2024| 17:31 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्