शनिबार, असोज १९, २०८१
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • ओशिस इन्टरटेनमेन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस क्वीन-२०२४ सम्पन्न

Siddartha premir insuranceSiddartha premir insurance

ओशिस इन्टरटेनमेन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस क्वीन-२०२४ सम्पन्न

 |  सोमबार, असोज १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

काठमाडौं- मिस एण्ड मिसेस क्वीन २०२४ को ताज प्रकृति पौडेल र विना श्रेष्ठले प्राप्त गर्न सफल भएको छ।

triton college

ओशिस इन्टरटैनमैन्ट एण्ड इभेन्ट्स हवको प्रस्तुतिमा मिस एण्ड मिसेस क्वीन-२०२४ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा मिस प्रकृति पौडेल र मिसेस विना श्रेष्ठले प्राप्त गरेको हो।

मिसतर्फको फिनालिष्टमा ५ प्रतिष्पर्धीहरुलाई उछिन्दै प्रकृति पौडेल विजेता बन्न सफल भएकी हुन् भने मिसेसतर्फको फिनालिष्टमा १५ प्रतिष्पर्धीहरुलाई उछिन्दै विना श्रेष्ठ विजेता बनेकी हुन्।

त्यस्तैगरी मिसतर्फ आकृति गुरुङ्ग फष्ट रनरअप, टिका कार्की मोष्ट पपुलर र कोपिला घर्ती अर्गानाइजर च्वाइसको उपाधि जितेका छन् भने मिसेसतर्फ एलिना उप्रेती फष्ट रनरअप, रमा सेजाल सेकेण्ड रनरअप, अनिषा मल्ल अर्गानाइजर च्वाइस र मेनुका प्रधानले पब्लिक च्वाइसको उपाधि प्राप्त गरेकी छन्।

मिस एण्ड मिसेस क्वीन-२०२४ कार्यक्रम ओशिस इन्टरटैनमैन्ट एण्ड इभेन्ट्स हव र ब्राइट फ्यूचर डान्स सेन्टरको संयुक्त आयोजनामा सम्पन्न भएको हो। विजेता प्रतियोगीहरुलाई थाइल्याण्ड टुर प्याकेजमा सहभागी गराइनुको साथै उपाधिको ताज पहिर्याई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो।

Metro Mart
vianet

आयोजित कार्यक्रम चलचित्र विकास बोर्डको नवनियुक्त अध्यक्ष दिनेश डिसीको प्रमुख आतित्थ्यतामा उद्घाटन गरिएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका ख्यातीप्राप्त नायक-नायिका, गायक-गायिका, मोडल, रङ्गकर्मी, व्यवसायी, समाजसेवीलगायत पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

उपस्थित कलाकारहरुमा सञ्चिता शाही, सम्झना बुढाथोकी, शर्मिला शर्मा, नितु कोइराला, सिलाष्मा हमाल, विमला गिरीको उपस्थिति रहेको थियो। त्यस्तैगरी गायक विनोद ढकालले स्टेजमा दमदार गायन प्रस्तुत गरेर उपस्थित अतिथिहरुलाई आनन्दित तुल्याएका थिए।

निर्णायक मण्डलमा पुनम पौडेल, अनिता केसी, अमृत भण्डारी, सुनितामी परियार र सुमिना श्रेष्ठ रहेको थियो । कार्यक्रमको सञ्चालन नेपालका ख्यातीप्राप्त उद्घोषक रोजिन शाक्यले गरेका थिए भने कोरियोग्राफीमा सनिस शाक्यले गरेका थिए।

ओशिस इन्टरटैनमैन्ट एण्ड इभेन्ट्स हवका कार्यकारी प्रमुख सुशिला थापा, प्रबन्ध निर्देशक चण्डिका केसी र सुशान्त आर टी ले कार्यक्रम भब्य र सभ्यरुपमा सम्पन्न भएको घोषणा गर्दै विजेता प्रतियोगीहरु बधाई ज्ञापन गरेका थिए

प्रकाशित: Sep 30, 2024| 14:26 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्