सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टाटा मोटर्सले बाढीबाट क्षति पुगेका टाटा गाडी घरमै गएर जाँच गर्ने

टाटा मोटर्सले बाढीबाट क्षति पुगेका टाटा गाडी घरमै गएर जाँच गर्ने

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

टाटा मोटर्सले बाढी पहिरो तथा डुबानका घटनाबाट क्षति पुगेका टाटा गाडीहरूको लागि आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ।

National life

मोटर्सले बाढी पहिरो तथा डुबानका घटनाबाट टाटा प्यारेन्जर गाडीमा क्षति पुगेका गाडीहरूमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको हो।

यस अन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिने कम्पनीले जनाएको छ।  टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन्।

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लागि गाडीलाई पुर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कुरा कम्पनीले जानकारी गराएको छ।

यस सेवाका लागि कम्पनीले हटलाइन  टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न आग्रह गरेको छ।

Shivam cement

 

प्रकाशित: Sep 30, 2024| 14:21 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्