मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

 |  सोमबार, असोज १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज १४, २०८१

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

National life

कम्पनीले आ.व.२०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड—१ बाट कर सहित ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६.५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ।

साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फण्ड—१, सिटिजन्स म्युचुअल फण्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने छ।

आ.व.२०८०÷८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तिनै वटा योजनाहरुमा लाभांस दिन सक्षम भएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओ सबिर बादे श्रेष्ठ रहेका छन्।

 

प्रकाशित: Sep 30, 2024| 14:17 सोमबार, असोज १४, २०८१
प्रतिक्रिया दिनुहोस्