काठमाडौं- अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी काभ्रेमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म बाढिपहिरोमा परी ५४ जनाको ज्यान गएको छ भने अझै ६ जना बेपत्ता छन्।
बाढिपहिरोमा परी घाइते हुनेको संख्या ५२ रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको धुलिखेल अस्पतालमा र केहीको काठमाडौंमा उपचार भइरहेको छ।
बाढीपहिरोका कारण बीपी राजमार्गको धुलिखेल-नेपालथोक खण्ड पूर्ण रुपमा अवरुद्ध छ।