सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १७औं वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान

१७औं वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

काठमाडौं- प्राइम कमर्सियल बैंकले असोज ११ गते १७औं वार्षिकोत्सव मनाएको छ।

National life

उक्त अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडाैं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य गरी ३९२ जनाले रक्तदान गरेका थिए।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरूलाई धन्यवाद दिँदै, मानवजिवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए।

आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।

Shivam cement

प्रकाशित: Sep 29, 2024| 14:18 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्