बिहीबार, चैत ७, २०८१

विपद्को घडीमा एनसेलको डाटा निःशुल्क

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

काठमाडौं- भारी वर्षाका कारण सृजना भएको कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेल आजियाटा लिमिटेडले असोज १२, २०८१ बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डाटा उपलब्ध गराइसकेको जानकारी दिएको छ।

health

यस पहलले हाम्रा ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उदेश्य लिएको छ।

निःशुल्क डाटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्नेछ। नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको छ।

एनसेलले भनेको छ, “देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौं। यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन बढी हुन्छ। एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेल आफ्ना ग्राहकलाई उनीहरुको परिवार, आफन्तजन, साथीभाइ र आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्ध छ।”

कम्पनीकाअनुसार १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनीमात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग हो। “हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सिमित नभई यो सेवाको मद्दतले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरुसँग सम्पर्कमा रहिरहुन् भन्ने हो।”

एनसेलले परिवार बाढी र पहिरोबाट प्रभावित सबैमा सहानुभूति व्यक्त गर्दै राहत तथा पुर्नउत्थान कार्यका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

 

प्रकाशित: Sep 29, 2024| 14:15 आइतबार, असोज १३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्