सुर्खेत–कर्णाली प्रदेश सरकारले कालिकोटका आगलागी पीडितलाई प्रतिपरिवार पाँच लाख रकम दिने भएको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषदको बैठकले प्रतिपरिवार पाँच लाख आर्थिक सहयोग गर्ने मन्त्रीपरिषदको निर्णय गरेको छ ।
बैठकका निर्माण सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सरकारले पीडितलाई पुनःस्थापनाका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिइन । यस्तै अग्नी पीडितहरुको आवास निर्माणका लागि नमूना नक्सा, प्राविधिक सहयोग समेत प्रदेश सरकारले गर्ने भएको छ ।
पीडितको पुनस्थापनाका लागि ‘अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम’ समेत सञ्चान गर्ने जनाएको छ । सो कार्यक्रम अन्तरगत अग्नीपीडितहरुको आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय गर्न समेत अपिल गरेको छ ।
गत सोमबार कालिकोटको पलाता गाँउपालिका–१ न्यौपानेखाडामा आगलागीमा परी ८७ खरानी बनेका थिए । आगलागी पीडितलाई यसअघिनै प्रदेश सरकारले परिवार २० हजार नगद तथा अन्य राहतसामाग्री उपलब्ध गराई सकेको छ ।
यस्तै बैठकले सुर्खेतमा रहेको प्रदेश र सम्पूर्ण जिल्ला अस्पतालहरुमा नयाँ पदाधिकारी नियुक्ती गरेको छ । बैठकको निर्णय अनुसार प्रदेश अस्पत्ताल सुर्खेत श्यामलाल कँडेल र सदस्यमा हरिमाया शर्मालाई नियुक्त भएका छन् ।
त्यस्तै जिल्ला अस्पताल सल्यानमा दामोदार गौतम, मुगुमा पारसमणि मल्ल, डोल्पामा तेजेत्द्रबहादुर रोकाय, हुम्लामा छेपाल दोर्जे तामाङ्ग, कालिकोटमा सरोज बोगटी, दैलेखमा लोमन शर्मा, जाजरकोटमा धर्मशिला बस्नेत, रुकुममा सुन्दर वली, मेहलकुना सुर्खेतमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालयमा मोमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकीमगरलाई अध्यक्षमा मनोनित गरेको छ ।
यो पनि पढ्नुहोस्
...फेरि जल्ने खतरामा कर्णालीका बस्ती
पानीको अभावले कालिकोटको सिंगो बस्ति जल्यो, ११ घाइते
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४