आइतबार, वैशाख १३, २०८३

आइतबारदेखि तीन दिन विद्यालय बन्द

 |  शनिबार, असोज १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असोज १२, २०८१

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

National life

बाढीपहिरोको असर सबैतिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो।

यो निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ। अधिकांश विद्यालयमा अहिले त्रैमासिक परीक्षा चलिरहेको छ।

‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिहीबारदेखिको वर्षाका कारण देशभर ठूलो मात्रामा जनधनको क्षति भएको छ।

kumari

प्रकाशित: Sep 28, 2024| 19:54 शनिबार, असोज १२, २०८१
प्रतिक्रिया दिनुहोस्