मंगलबार, पुस ८, २०८२

सिद्धार्थ बैंकको दशैंको खुशीयाली, डबल यसपालि अफर

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान चाँड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ | यस ‘Dashain 2X Rewards Offer ‘ अर्न्तगत, बैंकका ग्राहकहरुले यहि मिति २०८१ आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन् ।

National life

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद (POS तथा E-commerce) र मोबाइल बैकिङ्गबाट गरेका टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

यसरी आर्जन गरेको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ। यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने विश्वास बैंकले लिएको जनाएको छ ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Sep 27, 2024| 13:01 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्