बुधबार, भदौ ३, २०८३

युनाइटेड सिमेन्टद्वारा विद्यार्थीलाई पोसाक वितरण

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- युनाइटेड सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिकामा रहेको बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ।

विद्यालयको समग्र शैक्षिक वातावरण सुधार्न र विद्यार्थीलाई पठनपाठनमा उत्साहित गर्न पोसाक वितरण गरिएको कम्पनीले जनाएको छ।

युनाइटेड सिमेन्टले स्थानीय समुदायसँगको सहकार्यलाई बलियो बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीका महाप्रबन्धक हरि उप्रेतीले बताए।

व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्व वहनलाई ध्यानमा राखेर विद्यार्थीको आत्मविश्वास अभिवृद्धि गर्न पोसाक वितरण गरिएको उनको भनाइ छ। धुनिबेंसीका मेयर बालकृष्ण आचार्यले युनाइटेड सिमेन्टलाई धन्यवाद दिए।

 

प्रकाशित: Sep 27, 2024| 13:00 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्