मंगलबार, पुस ८, २०८२

सुनको मूल्यमा फेरि अर्को रेकर्ड

 |  शुक्रबार, असोज ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- सुनको भाउले लगातार ६ दिन नयाँ रेकर्ड कायम गरेको छ। पछिल्लो ६ दिनमा नै सुनको भाउ तोलामा ४१ सय रुपैयाँ बढेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय इजरायल–लेबनान द्वन्द्वको प्रभाव तथा युक्रेनमाथि रुसको हमलाका कारण लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा सुनतर्फ आकर्षित हुँदा मूल्य अकासिएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर पर्ने गरेको छ।

प्रकाशित: Sep 27, 2024| 11:31 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्