सोमबार, जेठ १८, २०८३

गुडलाइफले ल्यायो कफीको स्वादमा ‘कफी गम’

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

गुडलाइफले वास्तविक तरल कफीको स्वादमा नवीनतम नवाचार ‘कफी गम’ बजारमा ल्याएको छ । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरूका लागि आकर्षक हुने कम्पनीले जनाएको छ।

National life

कफी गम विशेष गरेर चुइगम रहेको छ। यसमा वास्तविक कफीको तरल पदार्थ रहेको कम्पनीको भनाइ छ। यो उत्पादन कफीप्रेमी र चुइगम प्रेमीहरूका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रत्येक प्याकेटमा १५० वटा गम समावेश रहेको बताइएको छ। गुडलाइफले हरेक गमको मूल्य बढीमा दुई रुपैयाँ पचास पैसा राखेको छ।

कफी गम युवा कफी प्रेमीहरूलाई लक्षित गरेर बनाइएको गुडलाइफका निर्देशक आशिष जाजुले बताए।

गुडलाइफले इम्ली बम, ट्रेट चकलेट क्रिम रोल, चोकोलुभ र केसर मलाई ललिपप उत्पादन गर्दै आएको छ।

Shivam cement

 

प्रकाशित: Sep 26, 2024| 17:18 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्