सोमबार, जेठ १८, २०८३

प्राइम कलेज र भारतको केपीएमजीसँग सम्झौता

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

प्राइम कलेजले भारतको केपीएमजीसँग ऐतिहासिक साझेदारी गर्दै नेपालमा पहिलो पटक अमेरिकी सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सीपीए) टेस्ट तयारी कार्यक्रम सुरु गर्न लागेकोमा गर्वको अनुभव गरेको छ।

National life

यस  सम्झौताबाट नेपाली वित्तीय पेशेवरहरू तथा विद्यार्थीहरुलाई विश्वव्यापी मान्यता प्राप्त अमेरिकी सीपीए प्रमाणपत्र प्राप्त गर्ने सुअवसर प्राप्त हुनुको साथै उनीहरूका पेशागत संभावनाहरूको प्रवद्र्धन हुनेछ र अन्तर्राष्ट्रिय वित्तीय बजारमा उनीहरु राम्रो सफलता प्राप्त गर्न सक्षम हुने कलेजले जनाएको छ।

अमेरिकी सीपीए टेस्ट तयारी कार्यक्रम विश्वव्यापी रूपमा वित्तीय क्षेत्रमा उच्च मानक मानिन्छ।  जसले अडिटिङ तथा लेखा क्षेत्रमा काम गर्न चाहने पेशेवरहरूलाई सक्षम बनाउने लक्ष्य राखेको हुन्छ। यस साझेदारीले नेपाली विद्यार्थीहरूलाई अमेरिकी सीपीए परीक्षाका लागि नेपाली विद्यार्थीहरुको पहुँच पुर्याउने सुनिश्चितता बनेको कलेजले जनाएको छ।

कार्यक्रममा भर्ना हुने विद्यार्थीहरूले केपीएमजी भारतको विशेषज्ञताको लाभ उठाउने छन् र संवद्द प्रमुख अवधारणाहरू र अभ्यासहरूको गहिरो ज्ञान प्राप्त गर्ने छन्। यसले उनीहरूलाई सीपीए परीक्षा सफलतापूर्वक पास गर्न र करियरमा उत्कृष्टता प्राप्त गर्न मद्दत पुग्नेछ। यस कार्यक्रमको माध्यमबाट, प्राइम कलेज र केपीएमजीले संयुक्त रुपमा नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सेवा क्षेत्रमा प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने लक्ष्य राखेका छन्।

अमेरिकी सीपीए (सर्टिफाइड पब्लिक एकाउन्टेन्ट) एक अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हो। यो अमेरिका संबद्ध कम्पनीहरू वा बहुराष्ट्रिय संस्थाहरूमा काम गर्न चाहने वित्तीय पेशेवरहरूको लागि धेरै फाइदाजनक हुने जनाइएको छ । यो लेखा र वित्तमा करियर अगाडि बढाउन चाहनेहरूका लागि एक छोटो र प्रभावकारी विकल्प हो।

Shivam cement

 

प्रकाशित: Sep 26, 2024| 17:17 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्