मंगलबार, पुस १, २०८२

मेटलाइफ र नेपाल क्रिकेट संघबीच सम्झौता

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

मेटलाइफ नेपालले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई बिमा सुविधा उपलब्ध गराउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र मेटलाइफ नेपालबीच सम्झौंता भएपछि खेलाडीहरुले यस्तो सुविधा पाउने भएका हुन्।

National life

सम्झौंता अनुसार दुवै टोलीका सदस्य र क्यानका पदाधिकारीको जीवन बिमा र स्वास्थ्य बिमा कम्पनीबाट उपलब्ध हुनेछ। यसले खेलाडीको मनोशान्तिका साथै खेलकुदमै केन्द्रित हुन मद्दत पुग्ने कम्पनीको विश्वास छ।

मेटलाइफ नेपालको पुलचोकस्थित मुख्य कार्यालयमा भएको सम्झौंता अनुसार कम्पनीले बिमा नीतिका विविध पक्षलाई समेट्नेछ। यसअन्तर्गत १० लाखसम्मको दुर्घटना बिमा, २ लाखसम्मको दुर्घटना उपचारको खर्च व्यहोर्ने र एक लाखसम्मको हस्पिटल भर्नाबापतको खर्च कम्पनीले व्यहोर्ने छ।

 

प्रकाशित: Sep 26, 2024| 17:11 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्