आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • 'स्मार्ट वेल्थ प्रो’मा एआइमार्फत वित्तीय रिपोर्ट विश्लेषण गर्न सकिने

Siddartha premir insuranceSiddartha premir insurance

'स्मार्ट वेल्थ प्रो’मा एआइमार्फत वित्तीय रिपोर्ट विश्लेषण गर्न सकिने

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

सेयर बजार विश्लेषण गर्न सकिने प्लाटफर्म ‘स्मार्ट वेल्थ प्रो’मा एआइ सञ्चालित विधि मार्फत कम्पनीहरुको त्रैमासिक रिपोर्टको विश्लेषण गर्ने सकिने भएको छ। यसबाट नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीहरुको त्रैमासिक वित्तीय रिपोर्टको सरल तरिकाले बुझ्न सकिने कम्पनीले जनाएको छ।

triton college

यो प्रणाली सेयर लगानीकर्ताहरुलाई प्रभावकारी जानकारी प्रदान गर्न निर्माण गरिएको हो। जसले वित्तीय डाटालाई बुझ्न सजिलो र छिटो बनाउँने कम्पनी भनाई छ। ‘हामीले यो उपकरण वित्तीय रिपोर्ट र लगानीकर्ताहरुबीचको खाडललाई पूरा गर्नका लागि निर्माण गरेका हौं’, सोर्स कोडका प्रमुख कार्यकारी अधिकृत अमोद भट्टराई भने, ‘हाम्रो एआइले लगानीकर्ताहरुलाई छिटो र स्मार्ट निर्णयहरु लिन मद्दत गर्दछ।’

उनले एआइ प्रणालीले वास्तविक समयमा विस्तृत विश्लेषण प्रदान गर्ने बताए। ‘यसले जटिल किसिमका रिपोर्टहरुलाई सजिलो र बुझ्न लायक अन्तर्दृष्टिहरुमा रुपान्तरण गर्दछ। अब लगानीकर्ताहरुले म्यानुअल रुपमा वित्तीय डाटा अध्ययन गर्नुपर्ने आवश्यकता छैन। स्मार्ट वेल्थ प्रोको एआइ उपकरणद्वारा नाफाका प्रवृत्तिहरु, मूल्य विश्लेषण र ५ वर्षदेखिका पुराना डाटामा पहुँच प्राप्त गर्न सकिनेछ, उनले भने।
‘नेप्सेले सधैं सूचीकृत कम्पनीलाई प्राथमिकता दिएको छ। र, हाम्रो एआइ सञ्चालित सुविधा यस दृष्टिकोणसँग पूर्ण रुपमा मेल खान्छ,’ भट्टराईले थपे, ‘यसले कम्पनीको वित्तीय अवस्था बुझ्न आवश्यक समयलाई उल्लेखनीय रुपमा घटाउँछ।’

यसको प्रयोग किन गर्ने ?
कम्पनीहरुले आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गर्ने वित्तीकै लगानीकर्ताहरुले सबै किसिमका वित्तीय डाटामा पहुँच पाउनेछन्। कम्पनीका अनुसार त्रैमासिक रिपोर्ट विश्लेषणले प्रदान गर्ने थप सुविधाहरु यस्ता छन् ः

वित्तीय रिपोर्टको सरल तरिकाले व्याख्या,
नाफा, मूल्य प्रवृत्ति र कम्पनी प्रदर्शनको विश्लेषण,
दीर्घकालीन प्रवृत्तिहरु मूल्याङ्कन गर्न ५ वर्ष पहिलादेखिका पुराना डाटा,
छिटो र सटिक अन्तर्दृष्टिहरु जसले लगानीकर्ताहरुलाई कम समयमा राम्रो निर्णय गर्न मद्दत गर्दछ।

Metro Mart
vianet

‘यो सुविधाले लगानीकर्तालाई निर्णय लिने प्रक्रिया छिटो बनाउँछ। जसले गर्दा लगानीकर्ताहरुले आफ्नो रणनीतिमा ध्यान दिन सक्छन्, सोर्स कोडकी बिजनेस डेभलपमेन्ट म्यानेजर, रोजिना श्रेष्ठले भनिन्। ‘हाम्रा सदस्यहरुले अहिले कम्पनीहरुको वित्तीय रिपोर्टको तुरुन्त व्याख्या गर्ने शक्तिशाली उपकरणमा पहुँच पाएका छन्।’

एआइ सञ्चालित त्रैमासिक रिपोर्ट विश्लेषण यी व्यक्तिहरुका लागि उपयुक्त छ :
कम्पनीको प्रदर्शनलाई समयक्रममा ट्र्याक गर्ने दीर्घकालीन लगानीकर्ताहरु,
वास्तविक समयमा सटिक वित्तीय डाटाको आवश्यकता पर्ने डे ट्रेडरहरु,
आफ्नो हातमा विस्तृत विश्लेषण चाहिने वित्तीय विश्लेषकहरु

हाल कायम स्मार्ट वेल्थ प्रो सदस्यहरुले यो सुविधा तुरुन्तै प्रयोग गर्न सक्छन्। नयाँ प्रयोगकर्ताहरुले यो प्रणाली प्रयोग गर्दा सेयर बजार विश्लेषणको भविष्य अनुभव गर्न सक्ने कम्पनीको भनाई छ। यो एआइ उपकरणले इन्भेष्टरहरुको लगानीलाई कसरी रुपान्तरण गर्न सक्छ हेर्न सकिने स्मार्ट वेल्थले जनाएको छ। यसका लागि कम्पनीले निःशुल्क ७-दिनको परीक्षणको अवधि पनि दिएको छ।

स्मार्ट वेल्थ प्रो सोर्स कोडद्वारा विकसित सेयर बजार विश्लेषण गर्न सकिने प्लेटफर्म हो। यसले लगानीकर्ताहरु र ट्रेडरहरुका लागि उपकरणहरुको व्यापक सेट प्रदान गर्दछ। जसमा पोर्टफोलियो व्यवस्थापन, प्राविधिक संकेतहरु, क्यान्डलस्टिक प्याट्रन र थप धेरै समावेश छन्।

 

प्रकाशित: Sep 26, 2024| 17:10 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्