मंगलबार, पुस १, २०८२

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस खेलाडी

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ का लागि काठमाडौं स्पाइकर्सले टर्किस खेलाडी पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

National life

बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित रहेकोले उनको आगमनले टिम बलियो हुने काठमाडौं स्पाइकर्सको विश्वास छ।

पेलिनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन्। उनले युरोपियन यू १६ च्याम्पियनसिप, यूरोपियन यू १७ च्याम्पियनसिप र विश्व यू १९ च्याम्पियनसिप जस्ता प्रतिष्ठित टुर्नामेन्टहरूमा टर्कीको उमेर समूहबाट खेलिसकेकी छन्। यस्तै उनले सन् २०२२ मा यू १८, यू १९ र यू २१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन्।

पेलिनसँग क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएको अनुभव छ।

राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले बीभीए यू १६ मा मोस्ट भ्यालुएबल प्लेयर, बीभीए यू १७ मा बेस्ट सर्भर र युरोपियन यू १७ च्याम्पियनसिपमा बेस्ट अपोजिट सहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन्।

Laxmi sunrise bank
kumari

व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ। २० वर्षीया पेलिनको उचाइ १९० सेन्टिमिटर छ।

काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले बलियो र सन्तुलित टिम निर्माण गर्ने लक्ष्यसहित विदेशी खेलाडीहरुलाई भित्र्याएको र पेलिनको अनुबन्धले टिम बलियो भएको बताइन्। उनको अन्तर्राष्ट्रिय अनुभवले लिगमा काठमाडौं स्पाइकर्सलाई फाइदा पुग्ने अधिकारीको विश्वास छ।

इडब्लुभिएलमा काठमाडौं स्पाइकर्समा अनुबन्ध भएपछि पेलिनले नेपालमा आएर खेल्न उत्सहित रहेको बताइन्। ‘यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महसुस गरेकी छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो,’ उनले भनिन्, ‘आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु। मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।’

इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्सले उद्घाटन खेलमा ललितपुर क्विन्ससँग खेल्दै लिगको यात्रा सुरु गर्नेछ।

 

प्रकाशित: Sep 26, 2024| 17:10 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्