मंगलबार, पुस १, २०८२

३२.८१ अंकले घट्यो नेप्से परिसूचक 

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ। 

National life

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ। कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर रु चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ। 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन्। 

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित: Sep 26, 2024| 15:49 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्