मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वीरगञ्जबाट दुई महिनामा पाँच अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्जबाट दुई महिनामा पाँच अर्ब २६ करोडका सामान निर्यात

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

पर्सा- वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रूपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ।

National life

गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले ४९ करोड ५९ लाख २८ हजार मूल्य पर्ने ६९ लाख ५३ हजार रूपैयाँ किलोग्राम पिना निर्यात भएको जानकारी दिए। विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ।
 
चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ।

त्यसैगरी, गत आवको सोही अवधिमा २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० रूपैयाँ किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो। चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एकसय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ।

चालु आवको भदौ मसान्तसम्मको अवधिमा ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ। गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ।

Laxmi sunrise bank
kumari

चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ। गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने  पाँच दशमलव ११ प्रतिशतले बढेको छ। चालु आवको भदौ मसान्तसम्मको अवधिमा ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० रूपैयाँ किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ। रासस

प्रकाशित: Sep 26, 2024| 19:31 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्