मंगलबार, पुस ८, २०८२

बजाजको ‘ग्रान्ड कार्निभल’ सुरु

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

काठमाडौं- नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्वको अवसर पारेर ग्रान्ड कार्निभल ल्याएको छ। 

National life

सोमबारदेखि भृकुटीमण्डपमा सुरु भएको कार्निभल असोज १२ सम्म चल्ने छ। यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्ने कम्पनीले जनाएको छ।

साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्न सक्नेछन्।

कम्पनीका अनुसार कार्निभलमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन्।
 

प्रकाशित: Sep 25, 2024| 19:02 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्