बुधबार, असोज १, २०८२

एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरमा छुट पाउने

 |  बुधबार, असोज ९, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

vianetvianet

काठमाडौं- एनआईसी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा छुट पाउने भएका छन्। बैंक र  बुद्ध एयरबीच हालै टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी सम्झौता भएको हो। 

Kumaribank

सो सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्स/ग्राउन्ड ह्यान्डलिंग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्नुपर्ने छ। यो सम्झौताले ग्राहकहरुलाई आउँदै गरेका चाडपर्वकाे अवसरमा यात्रा गर्न सघाउ पुग्नसक्ने बैंकले विश्वास लिएको छ। 
 

प्रकाशित: Sep 25, 2024| 19:00 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्