सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ सार्वजनिक

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ जीवन बीमा योजना ल्याएको छ।

National life

सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीले जनाएको छ।  यो बीमा १८ वर्ष भन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सक्नेछन्।

पहिलो रोजगारमा प्रवेश गरेका, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरू र खेलाडीलगायतका व्यक्तिले यो बीमा रोज्ने सक्ने कम्पनीले विश्वास गरेको छ।

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगविरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत प्राप्त गर्न सकिने छ। कम्पनीका अनुसार बीमाशुल्कको भुक्तानी बिमितको इच्छा अनुसार एकैपटक वा नियमितरूपमा तिर्न सकिने छ।
 

प्रकाशित: Sep 25, 2024| 18:58 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्