सोमबार, साउन ११, २०८३

हिउँ नपरे दु:ख बढ्‍छ, सानीमाबाटै डामिइन् किशोरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकामा विभिन्‍न विषयलाई प्राथमिकता दिएर समाचारहरु छापेको छ। नेपाल समयको बिहानी अपडेटमा अखबारले छापेका मुख्य समाचारहरु र रातभरी भएगरेका घटना तथा गतिविधिहरुलाई यहाँ प्रस्तुत गर्ने गर्छौं।

शनिबारको प्रकाशित कान्तिपुर दैनिकले हिउँ नपरे दु:ख बढ्‍छ शिर्षकमा समाचार छापेको छ। बारीमा गहुँ, जौ, छरेको तीन महिना भइसक्‍यो। अझै टुसाएको छैन। हिमालमा अलिकति मात्रै हिउँ छ। शुक्रबार पनि सिमिकोट वरिपरी पातलो हिउँ पर्‍यो बिलायो। हिउँदे बालीलाई पुग्‍ने जति परेन। 

हुम्लामा पाँच वर्षअघि परेको जस्तो हिउँ अचेल परेको छैन। पछिल्लो समय हिउँ परेपनि फासफुस मात्र हुन्छ, जमिन भिजाउँदैन। सिचाइ छैन। दर्के झरी पनि छोडेको छ। पुस जति बाक्लो हिउँ पर्‍यो बाली त्यती राम्रो हुन्छ। राम्रो बाली भएको वर्ष बल्ल चार महिना खान पुग्छ। यसपटक हिउँ नपरेकोमा हुम्लाबासी चिन्तित छन्। 

राष्ट्रिय कलाकार विष्णुमाझीका बुबाको कथा समेटिएको समाचार त्यस्तै ताराबोटे बाटै लोटे... शिर्षकमा कान्तिपुरमै समाचार छ।

त्यस्तै आजको अन्नपूर्ण पोस्टले सानीमाबाटै डामिइन् किशोरी शिर्षकमा समाचार छापेको छ। म आन्टीको घरमा बस्थे। उहाँको सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैले बोक्सी लगाई भन्दै मलाई कुट्‍नुभयो। आमाकै अघि काँप्दै तातो पन्यूले डाम्नुभयो। मैले हारगुहाँर गरे। आमाले पनि केही भन्नुभएन। मलाई कसैले बचाएनन्। यो कुनै कथाकी पात्रको भनाई होइन। सुर्खेत विरेन्द्रनगर-२ की १८ वर्षीया अमृता बुढाको पीडा हो। बोक्सी आरोपमा उनलाई आफन्तैबाट कुटपीट गरियो। 

माटोबिनै फल्छ तरकारी, तिवारी हत्याका अभियुक्तलाई सफाई शिर्षकमा अन्नपूर्ण पोस्टमै समाचार छ। 

त्यस्तै शनिबार प्रकाशित नयाँ पत्रिका दैनिकले उद्मममा जमेका महिला शिर्षकमा समाचार छ। कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रेन्ड सेटर र नयाँ पुस्ताको प्ररणासमेत बनेका छन्। छोरीलाई विदेशमा पढाएर दक्ष बनाउने, स्वदेश फर्काएर व्यवसाय जिम्मा लगाउने घराना बढ्दै गएका छन्। पार्टी एकता टुंग्‍याउन कार्यदल गठन शिर्षकको समाचार पनि नयाँ पत्रिका दैनिकमा छ। 

जननी 'कोमा' मा शिर्षककमा समाचार नागरिक दैनकमा छ। चिटिक्क भवन, वरीपरी भूकम्पपछि बनाएका अस्थायी भवन छन्। ती मध्ये एउटा झ्यालमा झुन्डीएको छ- हिलेपानी संस्कृत माध्यमिक विद्यालयको साइनबोर्ड। बोर्डको माथिल्लो लहरमा लेखिएको छ- सरसवती न: सुभगा मयस्करत् अर्थात सरसवतीले हामीलाई समग्र किसिमको ऐश्वर्याशाली बनाउन। दोलखा कालिन्चोक गाउँपालिका-४ लामीडाँडास्थित यो आँगनमा केही वर्षअघिसम्म दैनिक प्राथनामा विद्याकी देवी सरसवतीको उपासना गरिन्थ्यो। कक्षा ६ देखि १० सम्म संस्कृत विषय पढाइ हुन्थ्यो। यहाँ अहिले संस्कृतको पठनपाठन बन्द छ। अहिले विद्यालयमा नेपाली भाषाको जननी र पूर्वीय ज्ञानको भण्डार रहेको संस्कृत पठनपाठन बन्द छ। 

अन्तरिम आदेशबाटै फैसला ?, प्रहरी निगरानीमा बम्जन शिर्षककमा समाचार पनि नागरिककै दैनिकमा छन्। 

प्रदेश -२ विदेशीको खेल्‍ने भूमी बन्यो : नेकपा शिर्षकमा दी हिमालयन टाइम्सले समाचार छापेको छ। सत्तारुढ दल नेकपाका प्रदेश तथा संघीय सांसदहरुले प्रदेश -२ विदेशीको प्रयोगशाला र उनीहरुले खेल्ने भूमी बनेको आरोप लगाएका छन्। शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा सांसदहरुले यस्तो बताएका हुन्। 

बम्‍जनका आफन्त न्याय माग्दै राजधानीमा, पुर्नस्थापना केन्द्रबाट ४९ जनाको उद्धार शिर्षकका समाचार पनि दी हिमालयन टाइम्समा छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।