सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए करोडौँ मूल्य बराबरका सवारीसाधन

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए करोडौँ मूल्य बराबरका सवारीसाधन

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

सर्लाही- समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन्।

National life

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन्।

भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वर्षौँदेखि राखिएका सवारीसाधन माथि झारपात पलाएको छ।

सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरीपैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारीसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ। भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारीसाधन भारतबाट अवैधरुपमा चोरी तस्करीका सरसामान ढुवानी गर्ने सवारी छन्।

गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन्। यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन्।

Laxmi sunrise bank
kumari

सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारीसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ। भन्सार कार्यालयमा थन्किएर रहेका सावारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए।

गत आर्थिक वर्षको जेठतिर पाँच सय सवारीसाधन लिलामी गरिएको जनाउँदै उनले मुद्दा टुंगो लागिसकेका सवारी साधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताए। भन्सार कार्यालयको पार्किङ (यार्ड) क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रष्ट निर्माणको लागि विभागसँग रकम माग गरेका थियौँ तर पैसा नआएका कारण ट्रष्ट निर्माण हुन नसकेको उनले जानकारी गराए।

'यातायात कार्यालयको इञ्जिनीयरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ', उनले भने, 'प्रतिवेदन प्राप्त गरेपछि मूल्यांकन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ।' रासस

प्रकाशित: Sep 25, 2024| 17:31 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्