मंगलबार, पुस १, २०८२

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

तनहुँ- मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा ६ करोड रूपैयाँले बढी हो।

National life

गत आवमा ३० करोड २१ लाख ४९ हजार चारसय ३२ रूपैयाँ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संकलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ संघीय सञ्चित कोषमा, चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० रूपैयाँमध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ।

जग्गा वर्गीकरण लागु हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व संकलनमा वृद्धि भएको सो कार्यालयले जनाएको छ। कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्धि भएको हो।

बैंक तथा वित्तीय संघसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व संकलन बढ्नुको अर्को कारण हो। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 25, 2024| 20:31 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्