सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दू यूवा महासंघका अध्यक्षको हत्यामा सियारामलाई सर्वोच्चको सफाई

हिन्दू यूवा महासंघका अध्यक्षको हत्यामा सियारामलाई सर्वोच्चको सफाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
विरगंज- हिन्दू यूवा महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डका अभियुक्त  सियाराम कुशवाहालाई सर्वोच्च अदालतले सफाई दिएको छ। केही महिना अघि पक्राउ परेपछि केन्द्रिय कारागारमा रहेका रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुसवाहलाई सर्वोच्च अदालतले सफाइ दिएको हो।

सर्वोच्चका  न्यायाधिशद्वय शारदा प्रसाद घिमिरे र डम्मर प्रसाद साहीको संयुक्त इजलाशले  कुशवाहाविरुद्ध हत्या अभियोग प्रमाणित हुनेगरी प्रहरीले ठोस प्रमाण जुटाउन नसकेको भन्दै सफाई दिएको हो।

उच्च अदालत जनकपुरको वीरगंज मुकामले गत फागुन २८ गते कुशवाहाविरुद्ध जिल्ला अदालतको फैसला उल्ट्याउँदै आजीवन कारावासको सजाय सुनाएको थियो ।
तिवारी हत्या अभियोगमा चार वर्षअघि पक्राउ परेका कुशवाहा पर्सा जिल्ला अदालतले सफाइ दिएपछि रिहा भएका थिए । तर, जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले जन्मकैद सजाय तोकेको हो।

जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले फागुन २८ गते नै कुशवाहालाई जन्मकैद फैसला सुनाए पनि सार्वजनिक भएको थिएन । प्रहरीले अनामनगरबाट कुशवाहालाई २७ बैशाखमा नियन्त्रणमा लिएको थियो । २०६७ असार मा वीरगंजको रानीघाटमा अवस्थित शिवपार्वती मन्दिर परिसरमा तिवारीलाई 
दुई जना यूवाले गोली प्रहार गरी हत्या गरेका थिए।

तीमध्ये रौतहटकै तत्कालीन माओवादी कार्यकर्ता अमन कुशवाहाले आफू र फिरोज भनिने सियाराम कुशवाहाले तिवारीको हत्या गरेको बयान अदालत समक्ष दिएका थिए। 

जिल्ला प्रहरी कार्यालय पर्साले अमन कुशवाहाको बयानलाई आधार बनाउँदै सियाराम कुशवाहा, माओवादीको तर्फबाट तत्कालीन कानून मन्त्री प्रभु साह सहित एक दर्जन भन्दा बढीलाई हत्या अभियोगमा अनुसन्धान पछि मुद्दा दायर गरेको थियो। 

तीमध्ये साहसमेत अधिकांशले शुरुवातमै जिल्ला अदालतबाट सफाई पाए भने सरकारी साक्षी बनाइएका अमन कुशवाहालाई जेल सजाय तोकिएको थियो । मुख्य अभियुक्त मध्येका सियाराम कुशवाहा प्रहरीको रेकर्डमा फरार रहेकै बेला उनले रौतहटको कटहरिया नगरपालिकाबाट उम्मेदवारी दिएर चुनाव जिते।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।