सोमबार, मंसिर २९, २०८२

सुनको भाउ १ लाख ६० हजार नाघ्यो

 |  बुधबार, असोज ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले उच्च मूल्यको रेकर्ड बनाएको छ।

National life

आज बुधबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ७०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन आज १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य उच्च दरले बढेपछि नेपालमा यसको प्रभाव परेको हो।

प्रकाशित: Sep 25, 2024| 11:47 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्