सोमबार, साउन ११, २०८३

राजपा कार्यकर्ताले जलाए राजेन्द्र महतोको पुतला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा) कार्यकर्ताहरुले जनकपुरमा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोको पुतला जलाएका छन्। जिल्ला अध्यक्षमण्डलका एकजना सदस्यलाई हटाई अर्कोलाई जिम्मेवारी दिइएको भन्दै राजपा कार्यकर्ताहरुले अध्यक्षमण्डलका संयोजक महतोको पुतला जलाएका हुन्।

संयोजक महतोले शुक्रबार जिल्ला अध्यक्षमण्डलका सदस्य देवकृष्ण मण्डललाई हटाई उक्त पदमा युवा नेता ज्ञानेन्द्र झा ‘ज्ञानु’ लाई जिम्मेवारी दिने निर्णय गरेका छन्।

अध्यक्षमण्डल सदस्यबाट मण्डललाई हटाउने निर्णयको विरोध गर्दै जनकपुरको जनक चोकमा साँझ जम्मा भएका राजपा कार्यकर्ताहरुले महतोको पुतला जलाएका छन् । प्रदर्शनको क्रममा राजपा कार्यकर्ताहरुले महतोविरुद्ध चर्को नाराबाजी गर्दै निर्णय फिर्ता लिन माग गरेका छन्।

विरोध प्रदर्शनमा निस्कासन गरिएका मण्डलसहित राजपा सचेतक परमेश्वर साह, जिल्ला अध्यक्षमण्डलका सदस्य सतिशलाल दास, पार्टी सचिव धिरेन्द्रबहादुर सिंह, कोषाध्यक्ष रामविनोद चौधरी, राजपाका युवा नेता अरुण झालगायतका नेता कार्यकर्ताहरु सहभागी थिए।

अध्यक्षमण्डल सदस्यबाट हटाइएका मण्डल शरतसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) का जिल्ला अध्यक्ष हुन्।

केहि दिनअघिमात्र राजपाका नेता संजय चौधरीलाई पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गर्न जिल्ला अध्यक्षमण्डलले गरेको निर्णयसम्बन्धी बैठकको अध्यक्षता मण्डलले गरेका थिए। चौधरीले प्रदेश २ का पार्टी सचेतक परमेश्वर साहमाथि हातपात गरेको विषयमा भ्रामक सूचना सञ्चारमाध्यममा दिएर चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै जिल्ला अध्यक्षमण्डलको बैठकले चौधरीलाई कारबाही गर्न केन्द्रीय अध्यक्षमण्डललाई सिफारिस गरेको थियो।

यता आफूलाई जानकारी नै नदिई जिम्मेवारीबाट हटाइएको मण्डलले बताएका छन्। कारण नै नखुलाई आफूलाई अध्यक्षमण्डल सदस्यबाट हटाउने निर्णय विधानविपरित रहेको उनको भनाइ छ। महाधिवेशन घोषणा भइसकेको अवस्थामा जिम्मेवारी हेरफेर गर्ने निर्णय विधिानविपरित रहेको मण्डलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।