नेकपाले पार्टीको संगठनात्मक एकताको गृहकार्य गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा रामबहादुर थापा, शङ्कर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य छन्।
अघिल्लो असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच संघीय तथा प्रदेश चुनावमा तालमेल गर्ने सहमति गरेपछि नजिकिएको केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्धमा अहिले आएर खटपट देखापरेको छ। गत जेठ ३ मा पार्टी एकीकरणपछि दुई नेताबीच पहिलोपल्ट खटपट परेको हो।
नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारमा पुस १७ गतेदेखि अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। एक्सचेन्जले बैंकिङ प्रणाली एकीकृत गरी अनलाइनमार्फत पूर्ण कारोबार गर्न लागेको हो।
धनकुटा र तेह्रथुम हिमाली जिल्ला होइनन्। कोशी करिडोरको मध्यपहाडी जिल्ला धनकुटा र तेह्रथुम शुक्रबार अपरान्ह भने हिउँ परेर हिमाली जिल्ला झैँ बने। पहाडमा हिउँ जमेर हिमाल झैँ देखिन थालेपछि धरानबाट युवाहरु धनकुटा पुगे।
भक्तपुर इटाँ उद्योगका लागि पहिलेदेखि नै प्रसिद्धि कमाएको ठाउँ हो। यहाँ विगत लामो समयदेखि परम्परागत रुपमा हातले इँटा तयार पारिन्थ्यो । चिम्नीमा हालिन्थ्यो। त्यसैले इँटा उद्योग वातावरण प्रदूषणको एउटा कारक थियो।
लगातार परेको हिमपातका कारण मनाङको तापक्रम स्वाट्टै घटेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार शुक्रबार बिहान मनाङको तापक्रम माइनस २० मा झरेको छ। हिमपातसँगै तापक्रम माइनस २० पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुशासनयुक्त ढङ्गबाट विकासको गतिमा अगाडि बढाइने बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को तेस्रो श्रम संसद्लाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारले भ्रष्टाचारलाई नियन्त्रण गरी मुलुकलाई समृद्धिको मार्गमा डोर्याउने बताए।
नेपाली कांग्रेसका सांसद गगन थापाले संसद छलेर ल्याएको अध्यादेश फिर्ता लिन सरकारलाई माग गरेका छन्। प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन नबनी संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै थापाले फिर्ता गर्न माग गरेका हुन्।
'भूमिसुधार कहिले गर्ने अब पनि नगर्ने’ भन्दै राजधानीमा भूमिहीनहरुले राजनीतिक दलका नेताहरुलाई झक्झक्याएका छन्। राष्ट्रिय भूमिअधिकार मञ्च, सामूदायिक आत्म निर्भर सेवा केन्द्र र द हिमालय इनिसेटिभद्वारा आयोजित दुई दिने अन्तक्रिया कार्यक्रम अन्तर्गत शुक्रबारको भूमि सुधार कहिले गर्ने भन्दै भूमिहीनहरुले राजनीतिक दलका नेता सामू प्रश्न गरेका थिए।
सशस्त्र प्रहरी बलमा कार्यरत आठ एसपी बढुवाको सिफारिसमा परेका छन् । गृहमन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा भीषण आगलागी हुँदा २२ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा बिहीबार राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय तथा प्रदेशसभा सांसदहरुले प्रदेश सरकार कूटनीतिक मर्यादाविपरित गतिविधि गरेको आरोप लगाएका छन्। प्रदेश २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र प्रदेशसभा गरी नेकपाका ११ जना सांसदहरुले प्रदेश सरकार कूटनीतिक मर्यादाविपरित गतिविधि गरिरहेको भन्दै छानबिनको माग गर्दै परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन्।
कैलालीको चुरे क्षेत्रमा सामुदायिक वनकै मिलेमतोमा अवैध रुपमा रुख कटान भएको पाईएको छ। चुरे गाउँपालिका-६ मा रहेको शिद्ध प्रगतिशिल सामुदायीक बनमा सडक निर्माण र वैज्ञानिक वन व्यवस्थापनको नाममा अवैध रुपमा रुख कटान भईरहेपनि नियमनकारी निकाय भने निष्क्रिय देखिएका छन्।
सर्वोच्च अदालतले मुक्तिश्री सिमेन्ट उद्योगको बैंक खातामा रहेको ७८ करोड रुपैयाँ फुकुवा गरेको छ। व्यवसायी अजेयराज सुमार्गीको नाममा रहेको उक्त रकम फुकुवा गर्न न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अन्तरिम आदेश दिएको हो।
वरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार निधन भएको छ। मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित लामिछानेको ६० वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो। उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा भएको थियो।
राष्ट्रिय गानका रचनाकार एवम् कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई पितृशोक परेको छ। व्याकुल माइलाका पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुङ्गाको हिलेपानीस्थित आफ्नै निवासमा गए राति १ बजे निधन भएको छ।
ब्राजिलियन तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेइमारले बार्सिलोना फर्किन चासो देखाएको खुलासा भएको छ। नेयमारले बार्सिलोना फर्कन आफ्ना आधिकारिक वार्ताका लागि प्रतिनिधि खटाएको दाबी गरेके छ।
दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप फुटबल खेल्ने पक्का भएको छ । लिगको विजेताको हैसियतले मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपमा भिड्ने भएको हो।
हाल अष्ट्रेलियन लिग बिग ब्यास खेली रहेका नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछानेले सिड्नीमा सनसनी मच्चाएका छन् । उनले लिगमा तीन खेल खेल्दा ७ विकेट लिँदै सर्वाधिक विकेट लिनेको शिर्ष स्थानमा छन्।
सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ। सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...