आइतबार, वैशाख १३, २०८३

गर्मीका कारण कञ्चनरुप नगरपालिकाका विद्यालयमा बिदा

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

National life
kumari

राजविराज- तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिकाअन्तर्गतका विद्यालयमा बिदा दिइएको छ।

नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो। नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ।

साथै असोज १० देखि १६ गतेसम्म बिहान ६ देखि ११ बजेसम्म कक्षा सञ्चालन गराउन सूचनामा उल्लेख छ। कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरुको स्वास्थ्यलाई ध्यान दिँदै दुई दिन बिदाको निर्णय गरिएको नगरप्रमुख ललनप्रसाद गुप्ताले जानकारी दिए।

प्रकाशित: Sep 24, 2024| 17:31 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्